आर्थिक वर्षको अन्तिम दिन १२.२७ अंकले बढ्यो नेप्से, ३१ करोडको कारोबार



काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.२७ अंकले बढेको छ । १.०२ प्रतिशतले बढ्दा नेप्से परिसूचक १,२१२.३६ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १५९ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७६ हजार ५ सय ९२ कित्ता सेयर किनबेच हुँदा ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैंयाको कारोबार भएको छ ।

बैंक ६.०५, ट्रेडिङ १.९४, होटल ३२.२९, विकास बैंक २४.५९, हाईड्रो पावर ५०.२३, वित्तीय २.८८, बीमा समूह १४७.०२, उत्पादन मूलक ३२.५१ तथा माईक्रोफाईनान्स १२.६२ अंकले बढेका छन् ।
अन्य २.६७ अंकले घटेको छ ।

यूनाईटेड मोदी हाईड्रो पावरका लगानीकर्ताले ७.५० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, नाग्दी गु्रप पावरका लगानीकर्ताले ५.२३ प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु