लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख ४७ हजार ५ सय ८४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकका सञ्चालक समिति मार्फत आवेदन दिएका सेयर धनीले ३५ दिन भित्र सेयर खरिद गर्न सक्ने छन् । सो सेयर खरिद गर्न चाहने लगानीकर्ताले मुख्य कार्यालय डिल्लीबजारमा लिखित आवेदन दिनु पर्नेछ ।
तोकिएको समय भित्र बिद्यमान सेयर खरिद गर्ने सम्बन्धमा लिखित जानकारी नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन वा अन्य प्रचलित कानून बमोजिम बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।