नेपाल बैंकको सेयर दोस्रो बजारमा नै २८० मा पाइन थाल्यो



काठमाडौं । नेपाल बैंकले प्रतिकित्ता २८० को दरले थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री गरेको छ ।

तर,यसको सेयर मूल्य दोस्रो बजारमा नै २८० पुगेको छ । अहिले प्रतिकित्ता २८३ रुपैयामा कारोबार भएको छ । २८० पुगेर फर्केको हुँदा नेपाल बैंकको एफपिओमा लगानीकर्ताको आकषर्ण देखिएको छैन ।

एनएमबिको जस्तै अन्तिम दिनमा बिक्री भएमात्र यसको सेयर बिक्री हुने अवस्थामा पुगेको छ ।


क्लिकमान्डु