सिभिल क्यापिटलले सिँगटी हाइड्रोको आइपिओ बेच्ने



काठमाडौं । सिभिल क्यापिटल लिमिटेडले १६ मेगावाट विद्युत उत्पादन क्षमताको सिँगटी हाइड्रोपावरको साधार सेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

हाइड्रोपावरका कार्यकारी निर्देशक गणेश कार्की र सिभिल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यबीच भएको सम्झौतामा सिँगटीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको उल्लेख छ ।

कूल ४३ लाख ५० हजार कित्ता सेयरध्ये १४ लाख ५० हजार स्थानीयलाई र २९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिने छ । दोलखाको सिँगटीमा निर्माणाधीन रहेको उक्त हाइड्रोले निकट भविष्यमै सेयर निष्काशन गर्दैैछ ।


पुष्प दुलाल