नेप्से परिसूचक १३.६६ अंकले घट्यो, ४५ करोडको कारोबार
काठमाडौं । साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६६ अंकले घटेको छ । परिसूचक १.१३ प्रतिशतले घट्दा ११९१.९८ विन्दुमा पुगेको हो ।
आज १ सय ६३ कम्पनीका १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ४५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह १०.३१, ट्रेडिङ समूह ०.८४, होटल समूह ३७.६५, बिकास बैंक समूह १८.८३, जलविद्युत समूह २१.७, वित्त समूह ३.८७, बीमा समूह १०७.५८, लघुवित्त समूह ३६.०६ र अन्य समूह ०.०७ अंकले घटेका हुन् ।
यस्तै, उत्पादनमूलक समूह २.८ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी बैंकले कारोबार गरेको छ । बैंकले ६ करोड ५१ लाख बराबरको टर्नओभर गरेको हो ।
कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ८.५१ प्रतिशतले कमाई गरेका छन् । नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताहरुले ६.७० प्रतिशतले गुमाएका छन् ।