नेप्से परिसूचक ०.२९ अंकले घट्यो, ४७ करोडको कारोबार



काठमाडौं । साताको चौँथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२९ अंकले घटेको छ । परिसूचक ०.०२ प्रतिशतले घट्दा १२०५.६४ विन्दुमा पुगेको हो ।

आज १ सय ७१ कम्पनीका १२ लाख ५९ हजार ८ सय ४१ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ४७ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह १.८८, होटल समूह ८६.४२ र उत्पादन मूलक समूह ०.४७ अंकले घटेका हुन् ।

यस्तै, बिकास बैंक समूह ३.०४, जलविद्युत समूह २.७, वित्त समूह ०.५३, बीमा समूह ०.८, लधुवित्त समूह २८.४५ र अन्य समूह ०.६५ अंकले बढेका हुन् ।

आज सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । कम्पनीले १० करोड ७२ लाख बराबरको टर्नओभर गरेको हो ।

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाई गरेका छन् । एभरेष्ट बैंकका लगानीकर्ताहरुले ५.६५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु