साताको पहिलो दिन ०.०२ अंकले घट्यो नेप्से, ४८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से ०.०२ अंकले घटेको हो । सोही अंकले घट्दा नेप्से परिसूचक १२२४.३९ बिन्दुमा पुगेको हो ।
शेयर बजारमा आज १६८ कम्पनीले काराबार गरेका छन् । १२ लाख ४१ हजार ६ सय ३१ कित्ता शेयर किनबेच हुँदा ४८ करोड २३ लाख ५२ हजार ४ सय ९ रुपैंयाको कारोबार भएको छ ।
बैंक २.३३, होटल ४१.९९, उत्पादनमूलक ३०.९५, अन्य १.३५ अंकले बढेका छन् ।
यस्तै, ट्रेडिङ २.७९, विकास बैंक २.२८, जलविद्युत १७.७४, वित्तीय ४.४२, बीमा समूह २३.८९, माईक्रोफाईनान्स १९.५२ अंकले घटेका छन् ।
आरम्भ माईक्रोफाईनान्सका लगानीकर्ताले ९.९० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै यूनाईटेड मोदी हाईड्रो प्रोजेक्टका लगानीकर्ताले ६.६६ प्रतिशतले सबभन्दा धेरै घाटा व्यहोरेका छन् ।