एनएमबी बैंकको ६७ प्रतिशत एफपीओ बिक्यो, नेपाल बैंकको साढे ६ प्रतिशत




काठमाडौं । एनएमबी बैंकको एफपीओमा ६७ प्रतिशत आवेदन परेको छ भने नेपाल बैंकको एफपीओमा ६.४२ प्रतिशत मात्रै परेको छ ।

एनएमबी बैंकले प्रतिकित्ता ३ सय ३३ रुपैंयाको दरमा १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता शेयर एफपीओ मार्फत बिक्री गरेको थियो । यसरी बैंकले उक्त एफपीओ जम्मा ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैंयाको लागि खुलाएको थियो ।

यसरी नै नेपाल बैंकले भने प्रतिकित्ता २ सय ८० रुपैंयाको दरमा एफपीओ जारी गरेको थियो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्तालाइ आवेदन खुलाएको थियो । ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २ सय २० रुपैंयाको लागि बिक्री खुलाइएको थियो । हाल ११ लाख ३६ हजार ७ सय ७० कित्तालाई आवेदन परेको विक्री प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु