नेपाल एयरलाइन्सले ६ वटा ट्वीनअटर जहाज किन्न सैद्धान्तिक सहमति पायो



काठमाडौं । सरकारले नेवानिको खस्कँदो आन्तरिक उडानमा विस्तार गर्न भन्दै आवश्यक ६ वटा ट्वीनअटर जहाज खरिदका लागि सैद्दान्तिक सहमति दिएको छ ।

अन्तर्राष्ट्रिय उडानमा मात्रै बढी केन्द्र भएको नेवानिलाई आन्तरिक उडानमा गन्तव्य विस्तार सहित सहुलियत दरमा हवाई सेवा प्रदान गराउन ६ वटा जहाज खरिदका लागि सैदान्ति सहमति दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए ।

नेवानिले फाइदा मात्रैलागि नहेरि दुर्गग तथा पहाडी भेगका जनतालाई पनि सेवा दिनु पर्ने अधिकारीको भनाइ छ ।

तर, नेवानिले आन्तरिक उडानका लागि भन्दै चीनबाट खरिद गरेको वाई १२ सिरिजका जहाज भने पाइलट अभावका कारण विमानस्थमै थन्किएको छ ।

नेवानिसँग अहिले २ वटा एमए–६०, ४ वटा वाई– १२ र दुई वटा टिवनअटर जहाज छन् । यी जहाजले आवश्यक मात्रमा उडान भने गर्न सकेको छैन ।


पुष्प दुलाल