सरकारको नीति तथा कार्यक्रमबाट सेयर लगानीकर्ता निराश, अबको आशा बजेट



काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सेयर लगानीकर्ता उत्साहित देखिन सकेनन् ।

कम्युनिस्ट सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघिय संसद्मा सार्वजनिक गरेकी थिइन् ।

नीति तथा कार्यक्रममा पुँजी बजारमा विषय समेटिएपनि लगानीकर्ता आस्वस्त नदेखिएको बजारले देखाएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन सोमबार २ अंकले घटेको सेयर बजार आज ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ ।

नीति तथा कार्यक्रममा आस्वस्त नदेखिएका लगानीकर्ताले बजेटलाई कुरेका छन् । मुख्य रुपमा पछिल्लो साता बजेट मार्फत सेयर कारोबारमा भ्याटको कुरा चर्चामा आएको छ । र अन्य करका दरहरु समेत परिवर्तन हुने हुँदा त्यसको प्रभाव सेयर बजारमा पर्छ ।

यस बाहेक कम्युनिस्ट सरकारको पहिलो बजेट भएको हुँदा उसले लिने नीति बजेटमा देखिन्छ । जसलाई लगानीकर्ताले कुरेको देखिएको छ ।

सेयर बजारमा मंगलबार ५३ करोडको कारोबार भएको छ । १६० कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा सबैभन्दा बढी नेपाल इन्भष्टमेन्ट बैंकको संस्थापक सेयरको खरिदबिक्री भएको छ ।

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको खरिदबिक्रीले कारोबारलाई बढाएको हो ।

सुर्योदय लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु