उडेर हेलिमेटले एक जनालाई कुट्ने ४ जना पक्राउ

0
Shares

काठमाडौं । एक व्यक्तिमाथि सामूहिक रुपमा कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ झम्सिखेलमा एक व्यक्तिलाई सामूहिक रुपमा कुटपिट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक मानिसलाई चार जना व्यक्तिले हातपात, लछार पछार गरि हेलमेट समेतले प्रहार गरेको देखिन्छ।

उक्त घटनामा संलग्न ४ जनालाई तत्कालै प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अभद्र व्यवहार कसुरमा ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।