
काठमाडौं । बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय सागर बगाले रहेका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्दै आएका बगालेलाई प्रहरी टोलीले चैत २४ गते काठमाडौंको टेकुबाट नियन्त्रणमा लिएको हो।
सुन्दर प्रसाद श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त बैंकिङ्ग कसूर मुद्दामा बगाले फरार रहेका थिए। प्रहरीका अनुसार उक्त मुद्दामा बिगो रकम ३५ लाख रुपैयाँ रहेको छ।
पक्राउ परेका बगालेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।








प्रतिक्रिया