नेपाल प्रहरीले भारत पुगेर साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरेलाई समात्यो



काठमाडौ। साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ ।

प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।


पुष्प दुलाल