ओली सरकारको आगामी नीति तथा कार्यक्रम के ? लाइभ हेर्नुहोस्



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । संघीय संसदमा राष्ट्रपतिले ४ः१० बजेदेखि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

राष्ट्रपतिले अहिले संसदमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा यो सरकारले आर्थिक सम्मृद्धिका लागि काम गर्न केन्द्रि हुने उल्लेख बताइन् ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्

यो सरकारले लोकप्रियताका लागि नभइ काम गरेर लोकप्रियता कमाउने राष्ट्रपतिले बताइन् ।

आगामी आर्थिक वर्षमा दोहोरो अंकको नजिकको आर्थिक वृद्धि हासिल गर्ने र आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । त्यस्तै, आगामी ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम कृषिलाई प्रोत्साहन गर्न केन्द्रित देखिएको छ ।


पुष्प दुलाल