हुम्लामा मकालु एयरको जहाज दुर्घटना, पाइलटको मृत्यू



काठमाडौं । मकालु एयरको कार्गो बिमान दुर्घटना भएको छ । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट सिमिकोटका लागि उँडेको जहाज ४ घन्टा सम्पर्कबिहिन थियो ।

अहिले भर्खरै हुम्लाको खर्पुनाथ गाउँपालिकास्थित बाहुनखर्कमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जहाजमा चालकलकका दुई सदस्य सवार थिए । चालकदलमा किरण भट्टराई र आदित्य नेपालीमात्रै थिए ।

जसमध्ये १ जना पाइलटको क्षतविक्षत अवस्थामा फेला परेको भेटिएको छ ।

त्रिभुवन बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ हजार ८ सय फिटको उचाइमा जहाज ३ टुक्रा भएको अवास्थमा फेला परेको हो । दुर्घटनास्थलमा माउन्टेन एयरको जहाज अवतरण भइसकेको उनले बताए ।


पुष्प दुलाल