५ वर्षमा प्राधिकरणका सहायक कम्पनीले १००० मेगावाट बिजुली उत्पादन गर्ने कुलमानको घोषणा



काठमाडौं । आगामी ५ वर्षभित्र नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी मार्फत १ हजार १ सय २८ मेगावाट क्षमताका १३ आयोजना निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

प्राधिकरणले ऊर्जामा आत्मनिर्भर बनाउने योजनासहित सो परिमाणको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको हो ।

ती आयोजनाबाट ५ हजार ३८२ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ ।

प्राधिकरणको प्रक्षेपणअनुसार आगामी आवको मंसिर मसान्तस्म्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै आगामी आवमा नै माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुनेछ ।

तर सो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडन समस्या हुने भएको छ । चिलिमे हवदेखि त्रिशुली थ्री बीसम्मको प्रसारण लाइनको काम हालसम्म सुरु हुन सकेको छैन । सो आयोजना १४.८ मेगावाट क्षमताको हो ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ मा १११ मेगावाट क्षमताको रसुवागढी र ४२.५ मेगावाट क्षमताको साञ्ञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुनेछ ।

यस्तै आर्थिक वर्ष २०७७ृज्ञेर७८ मा थप २ आयोजना निर्मााण सम्पन्न हुने छन् । त्यसमा मध्य भोटेकोशी १०२ मेगावाट र माथिल्लो त्रिशुली थ्री बी आयोजना रहेका छन् । माथिल्लो त्रिशुली थ्री बीको क्षमता ३७ मेगावाट रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७०/८० मा विभिन्न ६ वटा आयोजना सम्पन्न् हुने छन् । त्यसमा ४० मेगावाट क्षमताको राहुघाट, १४० मेगावाट क्षमताको तनहुँ सेती, १०० मेगावाटको तामाकोशी पाँचौ, ४२ मेगावाटको माथिल्लो मोदी-ए, १८ मेगावाटको माथिल्लो मोदी र २५ मेगावाटको रोल्वालिङ डाइभर्सन आयोजना सम्पन्न हुने छन् ।

सरकारले आगामी ५ वर्ष भित्र ५ हजार मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने घोषणा गरेको सन्दर्भमा प्राधिकरणका सहायक कम्पनीले मात्रै १ हजार मेगावाट बढी क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

सो अवधिमा निजी क्षेत्रका प्रवद्र्धकले पनि करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छन् । सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकको ऊर्जामा आत्मनिर्भर बनाउन सकिने भन्दै सरकारले आवश्यक सहजीकरण, तथा मार्गदर्शन गर्ने भएको छ ।

यस्तै नेपालको पानी जनताको लगानी भन्ने नारालाई व्यवहारिक रुपमा नै अगाडि बढाई प्रसारण लाइन निर्माणमा देखिएको समसया समेत हल गर्ने प्रयास गरिएको छ ।

CODs and Expected CODs of NEA’s Subsidiary Companies’ Hydropower Projects
S.N. Plant Capacity MW Capacity by FY MW Energy GWh Energy by FY Gwhr COD/ECOD (FY)
2 Upper Tamakoshi HPP 456.00 470.80 2281.26 2363.69 2075/76
3 Upper Sanjen 14.80 82.44
4 RasuwaGadi 111.00 153.50 613.88 855.74 2076/77
5 Sanjen 42.50 241.87
6 Middle Bhotekoshi 102.00 139.00 542.30 834.89 2077/78
7 Upper Trishuli 3B 37.00 292.59
8 Rahughat 40 365 264.00 1578.66 2079/80
9 Tanahu 140 502.58
10 Tamakoshi V 100 240
11 Upper Modi A 42 214.87
12 Upper Modi HEP 18 107.21
13 Rolwaling Diversion 25 250
Total 1128.50 5382.98


पुष्प दुलाल