पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना जेल !



काठमाडौं । पक्राउ परेका सिण्डिकेट पक्षधर व्यवसायीलाई ६ महिनासम्म जेल सँजाय हुनसक्ने देखिएको छ । सरकारले हड्ताल निषेध गरेको क्षेत्रमा हड्ताल गरे ६ महिनासम्म जेल सँजाय र २ सय रुपैयाँ नगद जरिवाना हुने व्यवस्था छ ।

यातयात क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य गर्ने सरकारी निर्णयको विरोध गर्दै आफ्ना गाडी नचलाई सार्वजानिक यातायात ठप्प पार्ने यातायात व्यवसाइलाई सरकारले धमाधम पक्राउ गरिरहेको छ ।

यसरी पक्राउ परेका व्यवसायीहरुलाई सरकारले कानूनअनुसार ६ महिनासम्म जेल सँजाय र २ सय रुपैयाँ नगद जरिवाना गर्नसक्छ ।

सरकारी निर्णयको विरोध गर्दै यातायात समिति र यातायात व्यवसायी महासंघले देशैभर आफूसँग आवद्ध भएका गाडी शुक्रबारदेखि थन्क्याएर राख्दै हड्ताल शुरु गरेको थियो ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहा, मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली पक्राउ परेका छन् ।

त्यसैगरी,  सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन् दर्जन बढी व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् ।

सरकार र यातायात व्यवसायीको लडाइँले सर्वसाधारण भने मर्कामा परेका छन् ।


पुष्प दुलाल