जनता बैंकद्वारा परिषद्लाई १ लाख सहयोग
काठमाडौं । जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद् धरानलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।
सो सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषद्का अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् ।
धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिपविकासमा काम गर्दै आएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।
यस आर्थिक वर्षमाशिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिककार्यहरु गर्दै जाने कार्यक्रम रहेको छ ।