चैत मसान्तसम्म सानिमाले कमाएको १ अर्ब २० करोड नाफा



काठमाडौं । सानिमा बैंकले चैत मसान्तसम्ममा १ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफामा अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बृद्धि गरेको हो । अघिल्लो वर्ष चैत मसान्तसम्ममा बैंकले ९४ करोड ६९ लाख नाफा गरेको थियो ।

७१ अर्ब ५१ करोड निक्षेप रहेको बैंकले चैत मसान्तसम्ममा ६४ अर्ब ३२ करोड रुपैयाँ ऋण दिएको छ ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब कमाएको छ । १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ छ । यस्तै आरओई १५.७७ प्रतिशत छ ।


क्लिकमान्डु