कक्रोच जनता पार्टीले गर्यो शुक्रबार देशव्यापी विरोध प्रदर्शनको आह्वान

112
Shares

एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) ले नीट युजी परीक्षामा भएको अनियमिततालाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै शुक्रबारका लागि देशव्यापी आन्दोलनको आह्वान गरेको छ ।

प्रश्नपत्र चुहावट र सीजेपीका मागहरूबारे सरकारले पटक–पटक आश्वासन दिएको र छलफलका लागि निमन्त्रणा गरेको भए तापनि यो आन्दोलनको आह्वान गरिएको हो ।

सीजेपीले भारतभर प्रहरी बर्बरताको शिकार भएकाहरूप्रति एक्यबद्धता जनाउन देशव्यापी आन्दोलनको आह्वान गरिएको बताएको छ । उसले विद्यार्थी संगठन र समूहहरूले अनुमति र व्यवस्थापनका लागि आपसमा समन्वय र सहकार्य गर्नुपर्ने बताएको छ ।

‘भेला भएका सबैका सामु विद्यार्थीका मागहरू ठूलो स्वरमा पढेर सुनाउनुहोस् । प्रहरी दमनको सामना गरेकाहरू प्रति एक्यबद्धता देखाउनुहोस् । इन्क्लाब जिन्दाबाद, भारत माता की जय,’ सीजेपीले एक विज्ञप्तिमा भनेको छ ।

उसले आन्दोलनकारीहरूलाई जय हिन्द, भारत माता की जय, इन्क्लाब जिन्दाबाद, जय भीम जस्ता सकारात्मक नाराहरू मात्र लगाउन र सबै कुराको भिडियो रेकर्ड गर्न आग्रह गरेको छ । यसका साथै जुनसुकै परिस्थिति सिर्जना भए तापनि आन्दोलनकारीहरू शान्तिपूर्ण र अहिंसात्मक रहनुपर्ने सल्लाह सीजेपीले दिएको छ ।