चौतर्फी चासोपछि नेप्सेले हान्यो ‘हाफ सेन्चुरी’

266
Shares

काठमाडौं । सेयर बजारमा ५०.५८ अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार १२ बजेर ३७ मिनेटसम्मको कारोबारका क्रममा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.५८ अंकले बढेर २६४८.३८ बिन्दुमा उक्लिएको हो ।

समाचार तयार पार्दासम्म नेप्सेमा कुल १ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

समाचार तयार पार्दासम्म कारोबारमा आएकामध्ये २५० कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यसअघि बजार लगातार घटेपनि केही लगानीकर्ता धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए । त्यसपछि बोर्डले पुँजीबजार सुधार मार्गचित्र र नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

बजार घटेर सरकारको आलोचना बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बजार सुधारको विषयमा छलफल गरिसकेका छन् ।