
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–८ सुर्खेतस्थित सिद्ध बहिरा बालकको स्कुल र घोराही उप–महानगरपालिका–१८, दाङस्थित आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरुको गरिब तथा विपन्न विद्यार्थीहरुका लागि विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको छ ।
फरक क्षमता भएका ११५ जना विद्यार्थीहरु अध्ययनरत रहेको सिद्ध बहिरा बालकको स्कुलमा असार २९ गते बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले प्रधानाध्यापक चिन्तामणि कँडेललाई विद्यार्थीहरूलाई हस्तान्तरण गर्ने गरी ११५ थान विद्यालय पोशाक प्रदान गरे ।
त्यसैगरी, २७७ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत आधारभूत विद्यालय गिठेपानीमा असार ३० गते बैंकका घोराही सर्कल हेड विनोद प्रसाद जैसीले उक्त विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद भट्टराईलाई विद्यार्थीहरूलाई प्रदान गर्नेगरी विद्यालय पोशाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रमहरुमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले सिद्ध बहिरा बालकको स्कुलका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोगले फरक क्षमता भएका विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुने र आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरूलाई उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।





प्रतिक्रिया