
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता भएको छ ।
पौडेल विरुद्ध २० करोड ९० लाख रुपैयाँको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई हिरासतमा राखेर अनुसन्धान थालेको २४ औं दिनपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
पौडेललाई व्यवसायी दीपक भट्टसँगको कनेक्सनका आधारमा विभागले पक्राउ गरेर अनुसन्धान गरेको हो । पौडेलले भट्टसँग मिलेमतो गरेर गैरकानूनी लाभ गरेको अनुसन्धानबाट खुलेपछि पौडेल विरुद्ध मुद्दा दायर गरेको हो ।





प्रतिक्रिया