गगन थापाको घरबाट निस्कन नमिल्ने गरि राखियो गाडी

13.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअघि पनि गाडी पार्क गरेर छोडेको पाइएको छ ।

सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर छोडिएको छ ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको बताइएको छ ।

आजै विभिन्न सञ्चारगृह अघि पनि मूल ढोका छेकिने गरि सवारी साधन पार्क गरिएको थियो । ति गाडीलाई प्रहरीले क्रेन लगाएर उठाएर लगेको छ ।