
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बोल्दै गर्दा सांसद आशिका तामाङ भावुक बनेकी छिन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले गणेश नेपालीको विषय र उनले गरेको कामको विषयमा कुरा गर्दै गर्दा रास्वपा सांसद तामाङ भावुक बनेकी हुन् ।
संसदमा गुरुङले आफूले स्टन्टबाजी गरेको नभएर काम गरेको र त्यसलाई नकारात्मक ढंगमा लिइएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
गुरुङले मिडियासँग आफूहरु भाग्ने मान्छे भएको भन्दै मिडियालाई सँगै हिँडाएर स्टन्ट गर्यो भन्नु उचित नभएको बताए । सोही बेला सांसद तामाङ भावुक बनेकी हुन् ।






प्रतिक्रिया