महालक्ष्मीद्धारा एमएलबीबीएल स्मार्ट बैंकिङ शुरु



काठमाडौं । महालक्ष्मी विकास बैंकले एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसनको शुरुवात गरेको छ । बैंकले बिहीबारका एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसेनको शुरुवात गरेको हो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसनको उद्घाटन गरेका थिए ।

बैंकले नयाँ वर्षको सुरुवातसंगै ग्राहकलाई छिटो छरितो र अझ सरल बैकिङ सेवा उपलब्ध गराउन एमएलबीबीएल स्मार्ट बैंकिङ सलुसनको सुरुवात गरेको जानकारी दिएको छ । सोे सेवा अन्तगर्तत ग्राहले विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट लगाएको महसुल भुक्तानी तथा ई–सेवामा रकमान्तर गर्ने सुविधाहरु छन् ।

बैँकले आगामी दिनमा स्मार्ट बैंकिङ सेवा प्रभावकारी बनाउन भाइबर बैंकिङ र एनइआयु लगायत सुविधा थप्ने तयारी गरेको जानकारी दिएको छ ।


क्लिकमान्डु