
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको संक्षिप्त सूचीमा परेका राजिव सुब्बाले आफ्नो नाम फिर्ता लिएका छन् ।
सरकारले सुब्बालाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेपछि उनले प्राधिकरणको अध्यक्ष बन्ने दौडबाट बाहिरिएका हुन । सूचना प्रविधि विज्ञ तथा नेपाल प्रहरीका पूर्वडीआईजी सुब्बलाई सरकारले निर्वाचन आयुक्त बनाउने भएपछि सुब्बाले प्राधिकरणको अध्यक्षबाट नाम फिर्ता लिएका हुन् ।
अब सञ्चार मन्त्रालयले सार्वजनिक गरेको संक्षिप्त सूचीमध्येका ८ जनाको मात्रै बुधबार बिहानैदेखि कार्ययोजनाको प्रस्तुतीकरणसहितको अन्तरवार्ता भइरहेको छ ।
बुधबार विहाननैदेखि सुरु भएको प्रतिस्पर्धीको प्रस्तुतीकरण साँझसम्ममा सकिने र उत्कृष्टमध्येबाट तीन जनाको नाम सञ्चार मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने छ । सञ्चार मन्त्रालयले पेश गरेकै मध्येबाट एक जनालाई सरकारले ४ वर्षको लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिने छ ।
प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिनेहरुमा अर्जुन घिमिरे, अनन्तमान सिंह, अनिलकुमार झा, अमलेन्दुनारायण सिंह, जनार्दन भट्ट, मधुसुदन दाहाल, सनाउल्लाह खान र सुशिलाप्रसाद साह रहेका छन ।







प्रतिक्रिया