
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय मातहतका दुई महत्त्वपूर्ण निकायका नेतृत्व परिवर्तन गरेका छन् । मन्त्रिपरिषदको बैठकबाट अर्थ मन्त्रालय सरूवा भएका आएका २ सहसचिवलाई वाग्लेले दुई विभागको नेतृत्व सुम्पिएका हुन् ।
अर्थ मन्त्रालयका अनुसार भन्सार विभागको नेतृत्व सहसचिव यमलाल भुषाललाई दिइएको हो भने आन्तरिक राजस्व विभागमा डा. भिष्मकुमार भुषाल महानिर्देशक बनेका छन्।
भन्सार विभागको निमित्त महानिर्देशकको रूपमा कार्यरत भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाट बाहिर सरुवा गरिएको छ । यसैगरी, विभागको उपमहानिर्देशक पदमा प्रेम प्रसाद आचार्यले जिम्मेवारी पाएका छन् ।
यता, मुलुकको कर प्रशासन हेर्ने प्रमुख निकाय आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन् । विभागका निमित्त महानिर्देशक रमेश अर्याललाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ ।






प्रतिक्रिया