
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालको मोह त्यागेर संसदीय गरिमाको ख्याल गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीले संसद्लाई भन्दा सामाजिक सञ्जाललाई बढी प्राथमिकता दिएकोमा आपत्ति जनाए ।
‘प्रधानमन्त्रीज्यू, अब तपाईं भाइरल हुने होइन, देशको नेतृत्व गर्ने ठाउँमा हुनुहुन्छ,’ उनले भने, ‘लोकप्रियता र उत्तरदायित्व फरक कुरा हुन् ।’
उनले प्रधानमन्त्रीले ‘एक्सप्रेस वे’ मा गाडी चलाउँदा संयमित हुनुपर्ने भन्दै प्रधानमन्त्रीको सानो गल्तीले सिंगो देश नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिए । साथै, विपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने संसदीय परम्परा मिचिएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।






प्रतिक्रिया