नबिल अटो लोन: सपनाको गाडीदेखि स्वरोजगारसम्मको यात्रा

252
Shares

काठमाडौं । रोजगारीका लागि विदेशिनुको विकल्प खोजिरहेका धेरै नेपाली युवाका लागि आज एउटा गाडी केवल सवारी साधन मात्र नभइ, आम्दानीको स्रोत र आत्मनिर्भरताको माध्यम बनेको छ । साथै धेरै परिवारका लागि त आफ्नै सवारी अब विलासिता होइन, दैनिक आवश्यकता बनिसकेको छ ।

कसैका लागि परिवारको सहज यात्रा, कसैका लागि समयको बचत र धेरै युवाका लागि स्वरोजगारको आधार बन्दै गएको छ, सवारी। तर, लाखौं रुपैयाँ पर्ने गाडी किन्ने सपना सबैका लागि सहज हुँदैन । यही सपनालाई सम्भावनामा बदल्दै, निजी आवश्यकतादेखि व्यावसायिक आकांक्षासम्मको यात्रामा हजारौं नेपालीका लागि अवसरको ढोका खोलिरहेको छ, नबिल बैंकको ‘नबिल अटो लोन’ ।

ऋण होइन, स्वरोजगारको आधार

नबिल बैंकको अटो लोन निजी तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपलब्ध छ । विशेष कुरा त यो कर्जाले देशमै केही गर्न चाहने युवालाई स्वरोजगार बन्ने अवसर दिएको छ ।

प्रयासकुमार न्यौपाने यिनैमध्ये एक हुन् । नबिल बैंकको अटो लोन लिएर उनी अहिले व्यवसाय सञ्चालन गरिरहेका छन् । उनी भन्छन्, ‘मेहनत गरेर काम गर्न सकियो भने ऋणले जीवन बदल्न सक्छ । मैले आफैंले धेरै साथीभाइलाई नबिलको अटो लोनबारे जानकारी दिएको छु । आवश्यक कागजात पूरा गरेपछि अपेक्षा गरेभन्दा छिटो र सहज रूपमा ऋण प्राप्त भयो ।’

उनको अनुभवमा ऋण केवल आर्थिक स्रोत होइन, अवसरको ढोका पनि हो । ‘देशमै केही गरौं भन्ने युवाका लागि बैंकको यस्तो सहयोग निकै महत्त्वपूर्ण छ,’ उनी भन्छन् ।

अटो लोनकै सहायताले व्यवसाय सफल बनाइरहेका अर्का युवा हुन्, सुरेन्द्र बोहरा । उनका अनुसार अहिले आफ्नो परिवारको मुख्य आर्थिक आधार बनेका छन् । ‘लामो समयदेखि नबिल बैंकसँग कारोबार गरिरहेकाले बैंकप्रति विश्वास थियो । कागजात पूरा गरेपछि भनेकै समयमा ऋण पाएँ । आज त्यही ऋणकै कारण व्यवसाय गरिरहेको छु र परिवार चलाइरहेको छु,’ उनी भन्छन् ।

व्यवसायमा उनको सफल अनुभवले ऋण आफैंमा समस्या होइन, योजना बनाएर लिइएको ऋण सफलताको भर्‍याङ बन्न सक्ने एउटा महत्त्वपूर्ण सन्देश दिन्छ । ‘परामर्श लिएर, योजना बनाएर काम गर्ने हो भने ऋणले सपना पूरा गर्न मद्दत गर्छ,’ उनी थप्छन् ।

देशमै केही गर्ने युवाका लागि आर्थिक सहयात्री

नेपालमा रोजगारीको खोजीमा विदेशिने युवाको संख्या ठूलो छ । तर, स्वदेशमै व्यवसाय गर्ने चाहना राख्ने युवाका लागि पर्याप्त लगानी जुटाउनु चुनौतीपूर्ण हुने गरेको छ । यही चुनौती समाधान गर्न नबिल बैंकले व्यावसायिक प्रयोजनका लागि पनि अटो कर्जा उपलब्ध गराउँदै आएको छ ।

आदर्श बजगाईं, डीसीईओ, नबिल बैंक

विशेष गरी ट्याक्सी, माइक्रो, यातायात सेवा तथा अन्य व्यावसायिक सवारी खरिद गरी स्वरोजगार बन्न चाहने युवालाई बैंकले प्राथमिकतामा राख्दै आएको छ ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं भन्छन्, ‘नेपालमै केही गर्छु भन्ने युवालाई व्यावसायिक गाडी खरिद गरेर स्वरोजगार बन्न प्रोत्साहन गर्ने उद्देश्यले पनि बैंकले अटो लोन उपलब्ध गराउँदै आएको छ । हामीले ट्याक्सी, माइक्रोलगायतका व्यावसायिक सवारीमा लगानीलाई विशेष प्राथमिकता दिएका छौं ।’

उनका अनुसार, व्यवसायीक प्रायोजनका लागि अटो कर्जा लिनेमध्ये ठूलो हिस्सा युवा समूहको रहेको छ । यसले बैंकिङ वित्तले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा खेलेको भूमिका स्पष्ट देखाउँछ ।

बढ्दो विश्वासको प्रमाणः अटो कर्जामा उल्लेखनीय विस्तार

नबिल बैंकको तथ्यांकले अटो कर्जाप्रति ग्राहकको आकर्षण निरन्तर बढिरहेको देखाउँछ । बैंकले हालसम्म ५ हजार ९८० वटा अटो कर्जा खातामार्फत १२ अर्ब ६६ करोड ५० लाख रूपैयाँ बराबरको कर्जा प्रवाह गरिसकेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र २ हजार ६५ वटा अटो कर्जा खातामार्फत ५ अर्ब ३३ करोड ७० लाख रूपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो व्यक्तिगत अटो कर्जातर्फको तथ्यांक हो । यी तथ्यांकले नेपाली समाजमा बैंकिङ वित्तप्रतिको विश्वास बढ्दै गएको र किस्ताबन्दीमार्फत सम्पत्ति सिर्जना गर्ने संस्कृतिले विस्तार पाएको संकेत गर्छ ।

ईभीको बढ्दो आकर्षण र वित्तीय पहुँच

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग उल्लेखनीय रूपमा बढेको छ । इन्धनको बढ्दो लागत, कम सञ्चालन खर्च र वातावरणीय चेतनाले उपभोक्तालाई ईभीतर्फ आकर्षित गरिरहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएका छन् । यी ईभीको कुल आयात मूल्य २३ अर्ब १० करोड ५७ लाख रूपैयाँ पुगेको छ भने सरकारले १४ अर्ब २५ करोड ११ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।

यसले नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र गतिमा विस्तार भइरहेको देखाउँछ । नबिल बैंकले पनि यही परिवर्तनलाई आत्मसात् गर्दै विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका गाडीका लागि अटो कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ ।

नबिल अटो लोनः सरल, सहज र पहुँचयोग्य

नबिल बैंकले गाडीको कुल मूल्यको अधिकतम ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । बाँकी रकम ग्राहकले डाउन पेमेन्टका रूपमा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

बैंकले ५.९१ प्रतिशतदेखि सुरु हुने ब्याजदर, अधिकतम सात वर्षसम्मको ऋण अवधि, समान मासिक किस्ता (ईएमआई), घट्दो साँवामा ब्याज गणना, सरलीकृत कागजात प्रक्रिया, द्रुत ऋण स्वीकृति र व्यक्तिगत परामर्श सेवा प्रदान गर्दै आएको छ । देशभर फैलिएको शाखा सञ्जालमार्फत ग्राहकले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

निजी आवश्यकतादेखि जीवनको गुणस्तरसम्म

आधुनिक बैंकिङ प्रणालीले भविष्यको आम्दानीलाई आजको आवश्यकतासँग जोड्ने काम गर्छ । अर्थात्, ग्राहकले आफ्नो आम्दानीअनुसार किस्ताबन्दीमा भुक्तानी गर्दै आजै आवश्यक सम्पत्ति उपयोग गर्न सक्छ ।

आफ्नै गाडीले केवल यात्रा सहज बनाउँदैन, यसले परिवारलाई समय दिन्छ, आकस्मिक अवस्थाको सुरक्षा दिन्छ, दैनिक तनाव कम गर्छ र जीवनशैलीलाई थप व्यवस्थित बनाउँछ । यही कारण निजी सवारीसाधन आज धेरै नेपालीका लागि सुविधा मात्र होइन, जीवनको गुणस्तर सुधार्ने माध्यम बनिसकेको छ ।

‘नबिल अटो लोन’ हजारौं नेपालीका लागि आफ्नै सवारीको सपना पूरा गर्ने वित्तीय पुल, समयको बचत गर्ने माध्यम र देशमै केही गरौं भन्ने युवाका लागि स्वरोजगारको आधार बनेको छ ।