
काठमाडौं । सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । असार ५ गते शुक्रबार २७०२ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्ला छ कारोबार दिन लगातार घट्दै सोमबार २६३२.९६ बिन्दुमा सीमित भएको छ ।
यसरी, पछिल्लो छ कारोबार दिनमा मात्रै नेप्से ६९ अंकले घटेको छ । आज सोमबार नै नेप्से १६.५४ अंकले घटेको छ ।
सूचकसँगै कारोबार रकम पनि संकुचित बन्दै गएको छ ।
सोमबार नेप्सेमा कुल २ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार भने नेप्सेमा कुल २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






प्रतिक्रिया