
काठमाडौं । देशभरका दुग्ध प्रशोधन उद्योगहरूको छाता संस्था ‘डेरी उद्योग संघ’ को नयाँ नेतृत्व चयन भएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक निरञ्जन श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
साधारण सभाले निवर्तमान अध्यक्ष राजकुमार दाहाललाई पदेन सदस्यका रुपमा राख्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आधुनिक डेरी प्रालिका विश्वराज बस्नेत, महासचिवमा जय श्री कृष्ण डेरी प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा बीडीसी फूड तथा भवानी डेरी प्रालिका देवरथ बराल, सैजु डेरी प्रालिका जेनन सैजु, मदानी डेरी प्रालिका माधव दाहाल, एनएमसी डेरी उद्योगका रामचन्द्र उप्रेती, पंचशिल डेरी प्रालिका पुष्पराज बस्नेत र कालिका डेरी प्रालिका शिवप्रसाद त्यात चयन भएका छन् ।








प्रतिक्रिया