दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा

238
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे । उनले खेलको ६३औँ मिनेटमा गरेको एक गोल नै दक्षिण अफ्रिकाको निर्णायक गोल सावित भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको हो । यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको थियो तर समूह चरण भने पार गर्न सकेको थिएन ।

जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’ मा ४ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकाउट चरणमा पुगिको छ ।

आजै भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई ३–० ले हराएको थियो । दक्षिण कोरिया ३ अंकसहित तेस्रो र चेकिया १ अंकसहित पुछारमा रह्यो ।

Skip This