थोक र खुद्रा लघुवित्त मर्जर भएमा ५ वर्षभित्र ‘थोक कर्जा’ बन्द गर्नुपर्ने

0
Shares

काठमाडौं । थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएमा (मर्जर वा प्राप्ति) अब एकीकृत संस्थाले ‘खुद्रा’ संस्थाकै रूपमा मात्र कार्य गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त संस्थाहरूका लागि नयाँ निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । केन्द्रिय बैंकको नयाँ निर्देशन अनुसार थोक र खुद्रा कारोबार गर्ने लघुवित्त मर्जर भई एकीकृत कारोबार सुरु गरेपछि त्यस्तो संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा मात्र कार्य गर्नुपर्नेछ ।

तर, साविकमा थोक कर्जा प्रवाह गर्दै आएका संस्थाहरूलाई मर्जरपछि राष्ट्र बैंकले सहुलियतको व्यवस्था पनि गरेको छ। त्यस्तो अवस्थामा एकीकृत कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म भने साविकको थोक कर्जाको कारोबार जारी राख्न नपाउने भएको हो ।

मर्जरपछि एकीकृत संस्थाले ५ वर्षसम्म थोक र खुद्रा दुवै काम गर्न पाए पनि त्यसपछि भने पूर्ण रूपमा खुद्रा कारोबार गर्ने संस्थामा रुपान्तरण हुनुपर्नेछ।

Skip This