बाँकेको खजुरामा तापक्रम ४० डिग्री पुग्यो


काठमाडौं । देशका विभिन्न भागमा गर्मीको लहर तीव्र रूपमा बढ्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा बाँकेको खजुरामा सबैभन्दा बढी ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

खजुरासँगै देशका अन्य तराई भू-भागहरूमा पनि तापक्रममा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई भेगमा अत्यधिक गर्मी महसुस गरिएको छ । बढ्दो तापक्रमसँगै तातो हावा (लु) चल्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन थालेको छ।

Skip This