१५० युनिटसम्मको बिजुलीमा भ्याट नलगाउने सरकारको तयारी

1.2k
Shares

काठमाडौं । सर्वसाधारण उपभोक्तालाई बिजुलीमा भ्याट लगाएको भन्दै आलोचना भइरहँदा सरकारले खपत युनिटको सीमा बढाउने तयारी गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाउने व्यवस्था गरेको थियो । तर बजेट पारित नहुँदै यसलाई वृद्धि गर्ने तयारी थालेको हो ।

बिहीबार संसद्‌मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत विभिन्न निकायको विनियोजनमाथिको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले फ्रि युनिटको थ्रेसहोल्डलाई बढाउने तयारीमा रहेको जानकारी दिए ।

‘बिजुलीमा भ्याट भन्ने कुरा अन्तिम उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गर्ने तयारी गरिरहेका छौं । हामी फ्रि युनिटको थ्रेसहोल्डलाई बढाएर १००/१५० पुर्‍याउँछौँ,’ वाग्लेले भने ।