
काठमाडौं । नेपाली बजारमा घराना ब्रान्डको मैदा तथा आँटा बेच्ने घराना फुड्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत आवमा १ अर्ब ५८ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ४८ करोड रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००८ मा स्थापना भएको कम्पनीले गहुँ प्रशोधन गरी मैदा, चक्की आँटा, सुजी, ग्राम फ्लोर र ब्रान आदि खाद्य वस्तु घराना ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले उक्त खाद्य वस्तु एक केजीदेखि ५० केजीसम्मको प्याकमा बिक्री वितरण गर्दै आएको छ । गोयन्का परिवारद्धारा सञ्चालित कम्पनीमा विनयकुमार गोयन्का र उनका भाई विकास गोयन्काको स्वामित्व छन् ।
वार्षिक ७५ हजार २ सय २० मेट्रिक टन प्रशोधन क्षमता रहेको कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ४० प्रतिशत र गत आवमा ३९ प्रतिशत मात्रै क्षमता उपयोग गरेको जनाएको छ ।
चालु आवको ९ महिनाको अवधिमा कम्पनीको २.९ प्रतिशत सञ्चालन मार्जिन छ । सन् २०२४ मा ५.४ प्रतिशत मार्जिन थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६२ करोड रुपैयाँको रेटिङ गराएको हो ।











प्रतिक्रिया