
विराटनगर । वार्षिक साँढे ५ अर्ब आन्तरिक आम्दामी भएको कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ कालागि सोमवार ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ ।
यो बजेट चालुवर्षको भन्दा १२.७४ प्रतिशतले बढी हो । कोशी प्रदेश सरकारले गतवर्ष चालुवर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाखको प्रस्तावित बजेट सार्वजनीक गरेको थियो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमवार सार्वजनीक गरेको बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजित गरिएको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहोरिने उल्लेख गरे ।
बजेटमा कृर्षि क्षेत्रमा ६ अर्ब २८ करोड, पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड, खानेपानी, सिँचाई तथा उर्जामा ६ अर्ब २८ करोड, शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड तथा पर्यटन, वन तथा वातावरण क्षेत्रमा ३ अर्ब ४९ करोड छुट्यायीएको छ ।









प्रतिक्रिया