इप्पानमा उत्तम भ्लोन स्वत: अध्यक्ष नहुने

511
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन गरी सबै पदमा सबै उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । यससँगै नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका उत्तम भ्लोन लामा स्वत: अध्यक्ष हुन नपाउने भएका छन् ।

अहिले अध्यक्ष भएका मोहन कुमार डाँगी भने विधान संशोधन अगावै वरिष्ठ उपाध्यक्ष रहेकाले स्वत: अध्यक्ष बन्न पाए । तर नयाँ विधान कार्यान्वयनमा आएसँगै भ्लोन स्वत: अध्यक्ष बन्ने बाटो बन्द भएको हो ।

इप्पानले २४औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान २०७८ लाई संशोधन गरी सबै पदमा चुनाव गराउने गरी व्यवस्था गरेको हो । यस्तै, अध्यक्षको हकमा एक कार्यकालमा कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ ।