
काठमाडौं । जमदार फुडले एकै वर्ष २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ६० करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा २० करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०१९ मा स्थापना भएको कम्पनीले चामल, गहुँ, चिनी, पिठो, तेल, गेडागुडी, मसला, कोदो, दाल, ड्राई फ्रुट र अन्य खाद्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले गत आवमा गरेको कारोबार स्थानीय आउटलेट स्वदेशी सुपरमार्केटमार्फत् भएको उल्लेख छ ।
त्यसैगरी, चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ५४ करोड रुपैयाँको कारोबार गरिसकेको छ ।
गत आवमा कम्पनीको नाफा मार्जिन ३.२३ प्रतिशत कायम छ । सन् २०२४ मा ५.०६ प्रतिशत थियो । त्यस्तै, कम्पनीले गत आवमा ०.७७ प्रतिशत खुद नाफा कमाएको छ ।
कम्पनीको पूँजी संरचना उच्च ऋणभारयुक्त रहेको छ । कम्पनीको गत आवसम्मको समग्र गियरिङ अनुपात २.६५ गुणा रहेको छ ।
कम्पनीको ४ करोड ३० लाख रुपैयाँ अतिरिक्त इक्विटी लगानीका कारण सन् २०२४ मा २.९८ गुणाबाट केही सुधार भएको जनाएको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता मध्यम स्तरमा रही गत आवमा १.७० गुणा रहेको छ । सन् २०२४ मा १.७६ गुणा थियो ।
त्यसैगरी, कम्पनीको कुल अण तथा स्थूल नगद सञ्चिती अनुपात गत अवामा २१.६२ गुणा रहेको छ । सन् २०२४ मा ३५.८५ गुणाको तुलनामा नगद नाफामा भएको वृद्धिका कारण सुधार भए पनि अझै उच्च स्तरमै रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४८ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको हो ।
द जमदार ग्रुपद्धारा सञ्चालित कम्पनीको अध्यक्ष कृष्णकुमार गुप्ता छन् ।









प्रतिक्रिया