चन्द्रागिरीका विभिन्न ठाउँमा ३ दिन साढे ३ घन्टा विजुली अवरुद्ध हुने

35
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यका लागि कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट फिडर र सतुंगल फिडरका स्थानमा आपूर्ति बन्द हुने जानकारी दिएको छ । ती क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो एक बजेसम्म आपूर्ति बन्द गरिनेछ ।

स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनको पुरानो तार बदली गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्र रहेका छन् भने सतुंगल फिडर धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले मौसमको प्रतिकूलता रहेमा हाल निर्धारित गरिएको समय हेरफेर हुने बताएको छ ।