
एजेन्सी । इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिजम कर्पोरेसन (आईआरसीटीसी) ले जुन र जुलाई २०२६ का लागि विभिन्न भारत गौरव पर्यटक ट्रेन प्याकेजहरूको घोषणा गरेको छ ।
यी प्याकेजहरूले भारतका प्रमुख तीर्थस्थल र सम्पदा क्षेत्रहरू समेट्नेछन् । यसको मूल्य करिब १५ हजार भारुबाट सुरु हुनेछ ।
भारतीय रेलवेको थिममा आधारित पर्यटन पहल अन्तर्गत सुरु गरिएको भारत गौरव ट्रेनहरूमा रेल यात्रा, होटल बास, पर्यटकीय स्थलहरूको भ्रमण, खाना, स्थानीय यातायात र यात्रा बिमा सबै एउटै प्याकेजमा समावेश गरिएको हुन्छ ।
आईआरसीटीसीका पछिल्ला प्याकेजहरूले अयोध्या, काशी, ज्योतिर्लिंग, दक्षिण भारतका मन्दिरहरू, नेपालका तीर्थस्थल र पूर्वी भारतका आध्यात्मिक केन्द्रहरू समेटेका छन् ।
१. अयोध्या काशी पुण्य क्षेत्र यात्रा (जुन ३):
वैद्यनाथ धाम र यमुना पुष्करालु सहितको यो विशेष अयोध्या काशी पुण्य क्षेत्र यात्राले पुरी, कोणार्क, वैद्यनाथ, वाराणसी, अयोध्या र प्रयागराज जस्ता प्रमुख तीर्थस्थलहरू समेट्छ । ९ रात र १० दिनको यो प्याकेज जुन ३, २०२६ मा सिकन्दराबाद/हैदराबादबाट सुरु हुनेछ । यसमा काजिपेट, वारंगल, खम्मम, विजयवाडा, राजमन्द्री लगायतका विभिन्न स्टेशनबाट चढ्ने विकल्पहरू छन् । प्याकेजको मूल्य १६ हजार ७०० भारुबाट सुरु हुन्छ । यसमा रेल र बस यात्रा, होटल बास, खाना, गाइड र बिमा समावेश छ ।
२. दक्षिण दर्शनसहित ज्योतिर्लिंग यात्रा (जुन १०):
दुईवटा ज्योतिलिंग र दक्षिण दर्शन समेटिएको यो प्याकेजमा तिरुपति, रामेश्वरम, मदुरै, कन्याकुमारी र मल्लिकार्जुन पर्छन् । १० रात र ११ दिनको यो भ्रमण जुन १०, २०२६ मा इन्दौर, उज्जैन, रानी कमलापति र नागपुर लगायतका स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य २० हजार २५० भारुबाट सुरु हुन्छ ।
३. उज्जैन द्वारका भेरावल यात्रा (जुन १२):
यस तीर्थयात्रा प्याकेजले उज्जैन, द्वारका, भेरावल, नासिक रोड र औरंगाबाद समेट्छ । यो यात्रा जुन १२, २०२६ मा योगनगरी ऋषिकेश, हरिद्वार, मुरादाबाद, बरेली, लखनऊ र कानपुर लगायतका ठाउँबाट सुरु हुनेछ । प्याकेजको मूल्य २४ हजार १०० भारुबाट सुरु हुन्छ ।
४. सप्त ज्योतिर्लिंग दर्शन यात्रा (जुन १६):
यो प्याकेजले उज्जैन, द्वारका, सोमनाथ, पुणे, नासिक र छत्रपति शम्भाजीनगर जस्ता प्रमुख तीर्थस्थलहरू समेट्छ । १० रात र ११ दिनको यो भ्रमण जुन १६, २०२६ मा सिकन्दराबाद, निजामाबाद र हैदराबाद लगायतका स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य १७ हजार ६०० भारुबाट सुरु हुन्छ ।
५. पुरी कामाख्या वैद्यनाथ धाम यात्रा (जुन २५):
यस प्याकेजमा पुरी, गुवाहाटी, जसिडिह, वाराणसी र अयोध्या समेटिएका छन् । ११ रात र १२ दिनको यो भ्रमण जुन २५, २०२६ मा पुणे, पनवेल, कल्याण, नासिक, भुसावल र नागपुर लगायतका स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य २२ हजार ७७० भारुबाट सुरु हुन्छ ।
६. दक्षिण भारत यात्रा (जुन २९):
यो प्याकेजले तिरुमला, रामेश्वरम, मदुरै, कन्याकुमारी र श्रीशैलम जस्ता दक्षिणका प्रमुख तीर्थस्थलहरू समेट्छ । ११ रात र १२ दिनको यो भ्रमण जुन २९, २०२६ मा ऋषिकेश, हरिद्वार, बरेली, लखनऊ र प्रयागराज संगम लगायतका ठाउँबाट सुरु हुनेछ । प्याकेजको मूल्य २४ हजार ३५० भारुबाट सुरु हुन्छ ।
७. अयोध्या काशी पुण्य क्षेत्र यात्रा (जुलाई ४):
वैद्यनाथ धामसहितको यो अर्को अयोध्या काशी यात्राले गया, वाराणसी, अयोध्या, प्रयागराज र वैद्यनाथ समेट्छ । ९ रात र १० दिनको यो भ्रमण जुलाई ४, २०२६ मा सिकन्दराबाद, हैदराबाद, विजयवाडा र राजमन्द्री लगायतका स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य १६ हजार ४०० भारुबाट सुरु हुन्छ ।
८. द्वारकाधीश मन्दिर र एलोरासहित ज्योतिर्लिंग यात्रा (जुलाई ११):
यस प्याकेजमा सोमनाथ, भीमशंकर, त्र्यम्बकेश्वर, घृष्णेश्वर र एलोरा समेटिएका छन् । १० रात र ११ दिनको यो भ्रमण जुलाई ११, २०२६ मा रेवा, सतना, कटनी, जबलपुर र उज्जैन लगायतका स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य २० हजार २५० भारुबाट सुरु हुन्छ ।
९. दक्षिण भारत यात्रा विवरण (जुलाई १४):
यस प्याकेजले रामेश्वरम, मदुरै, कन्याकुमारी, तिरुपति र मल्लिकार्जुन समेट्छ । १२ रात र १३ दिनको यो लामो भ्रमण जुलाई १४, २०२६ मा दुम्का, भागलपुर र जमालपुर जस्ता स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य २५ हजार ४०० भारुबाट सुरु हुन्छ ।
१०. अरुणाचलमसहित दिव्य दक्षिण यात्रा (जुलाई २०):
यस प्याकेजले अरुणाचलम, चिदम्बरम, त्रिची, तन्जाभुर, रामेश्वरम, मदुरै र कन्याकुमारी समेट्छ । ८ रात र ९ दिनको यो भ्रमण जुलाई २०, २०२६ मा हैदराबाद, सिकन्दराबाद, वारंगल, विजयवाडा र रेनगुन्टा लगायतका स्टेशनबाट सुरु हुनेछ । प्याकेजको मूल्य १५ हजार ६०० भारुबाट सुरु हुन्छ ।
११. पशुपतिनाथ नेपाल दर्शन यात्रा (जुन २४):
यो प्याकेजले नेपालका प्रमुख गन्तव्यहरू चितवन राष्ट्रिय निकुञ्ज, पोखरा र काठमाडौं समेट्छ । ९ रात र १० दिनको यो विशेष भ्रमण जुन २४, २०२६ मा इन्दौर, उज्जैन, रानी कमलापति, जबलपुर र सतना लगायतका स्टेशनबाट सुरु हुनेछ । यस प्याकेजको मूल्य ६१ हजार ३४० भारुबाट सुरु हुन्छ जसमा रेल र बस यात्रा, होटल बास, खाना, गाइड र बिमा समावेश गरिएको छ ।









प्रतिक्रिया