
काठमाडौं । चीनको कोइला खानीमा विष्फोट हुँदा करिब ८२ जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार विष्फोट शुक्रबार स्थानीय समयअनुसार साँझ ७ः२९ बजे भएको थियो, त्यतिबेला खानीमा २४७ मजदुर काम गरिरहेका थिए ।
घटनास्थलमा उद्धार कार्य जारी छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘शान्सी प्रान्तमा तोंगझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण भएको दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ ।’
दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार भइरहेको र बाँकी मानिसहरूको खोजी कार्य जारी रहेको बताएका छन् । उनले घटनाको कारणको अनुसन्धान गर्न र यसका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाइने बताएका छन् ।





प्रतिक्रिया