४ उच्च अधिकारीको तस्वीर सेयर गर्दै ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या

14.1k
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको कोसी प्रदेशमा कार्यरत कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजे खड्काले आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई आत्महत्या गरेका हुन् ।

उनको बुवा महेश खड्काले छोरा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनालगत्तै प्रहरी निरीक्षक नवीन राईको कमान्डमा घटनास्थल पुगेको टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ।

खड्काले आत्महत्या गर्नुअघि फेसबुकमा बैंकका सीईओसहित चार उच्च अधिकारीहरूको नाम उल्लेख गरी तस्वीर समेत सार्वजनिक गरेका थिए ।