
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरू हुँदैछ ।
त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
आजको बैठकमा डा. शर्मामाथि परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको सुनुवाई समितिले जनाएको छ ।
संवैधानिक परिषद्ले गत वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।





प्रतिक्रिया