
काठमाडौं । सवारी साधनहरूको वितरक एमएडब्ल्यू वृद्धिले प्रधानमन्त्री कार्यालयमा आफूहरुविरुद्ध दारय उजुरी वैध नभएको दाबी गरेको छ ।
एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालविरुद्ध एक उजुरीकर्ताले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग, भन्सार छली र आयकर छलीको आरोपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरेका थिए ।
प्रधानमन्त्री कार्यालयमा दर्ता भएको पत्रको विवरण राख्दै क्लिकमान्डुमा प्रकाशित समाचारमा ग्रुपले आपत्ति जनाउँदै खण्डन सम्प्रेषण गरेको छ ।
खण्डनमा अमुक व्यक्तिले निराधार आरोप लगाएर लेख्दैमा तथ्य स्थापित नहुने उल्लेख गरिएको छ । उजुरी दर्ता भएकोलाई नै आधार बनाएर कुनै व्यवसायीलाई दोषी देखाउनु अन्यायपूर्ण हुने खण्डनमा जनाइएको छ ।












प्रतिक्रिया