
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रतिपक्षी दलहरुले नाराबाजी गरेका छन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनले जवाफ दिने प्रारम्भिक कार्यसूची भए पनि उनी उपस्थित नहुने भएपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले त्यसको जवाफ दिने तयारी गरेका थिए । सभामुख डीपी अर्यालले अर्थमन्त्री डा वाग्लेलाई जवाफ दिनका लागि रोष्ट्रममा बोलाएसँगै कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदले उठेर बिरोध जनाउँदै नाराबाजी गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री बालेन शाहकोसमेत राजीनामा माग्दै नाराबाजी भएको थियो ।











प्रतिक्रिया