
काठमाडौं । सन्तोष एन्ड शितल खाद्य उद्योगले व्यापार २२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २२ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ६६ करो ७० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा १ अर्ब ३० करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२३ मा १९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२३ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले प्रतिघन्टा ८ मेट्रिक टन धान प्रशोधन गर्दै आएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा ८.१२ प्रतिशत छ । यस्तो मार्जिन सन् २०२४ मा ८.२४ प्रतिशत थियो ।
गत आवको अन्त्यसम्ममा कम्पनीको पुँजी संरचनाको समग्र गियरिङ अनुपात २.६० गुणा रहेको छ । जसले गर्दा कम्पनी अझै पनि उच्च ऋण–निर्भर अवस्थामा रहेको छ । जुन अघिल्लो वर्षको स्तरसँग लगभग बराबर हो । कम्पनीको वित्तीय खर्चमा कमी आएको कारण गत आवमा ब्याज कभरेज अनुपात १.५६ गुणा पुगेको छ । सन् २०२४ मा १.५० गुणाबाट केही सुधारिएको हो ।
कम्पनीको गत आवसम्ममा कुल ऋण तथा कुल नगद सञ्चयको अनुपात २५.५८ गुणा पुगेको छ । सन् २०२४ मा यस्तो अनुपात १९.८२ गुणा थियो । कम्पनीको हालको सञ्चालनको तुलनामा ऋणको स्तर अझै उच्च रहेको छ ।
शिवपुजन कल्वार निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७६ करोड ३८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड १५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५५ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको हो ।











प्रतिक्रिया