यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

329
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।

सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय–

नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।