बालेन र मेराबीच फाटो आउँछ कि भनेर मुख मिठ्याउनेहरूले केही पाउँदैनन्: रवि लामिछाने

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीचको सहकार्य अटुट रहेको दाबी गरेका छन् ।

पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै सभापति लामिछानेले बालेन र आफ्नो नाम जोडेर पार्टीभित्र गुट बनाउनेहरूलाई ‘यु-टर्न’ लिन आग्रह गरे । ‘हामी परिपक्व भइसक्यौँ, फुटको खेती गर्नेहरूको सपना पूरा हुँदैन,’ लामिछानेले भने ।

उनले मन्त्री बन्न नपाएका कतिपय साथीहरू ‘यता र उता’ को गुटमा अल्झिएको संकेत गर्दै, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको भविष्यका लागि एकजुट हुन निर्देशन दिए । ‘हामीबीच फाटो आउँछ कि भनेर मुख मिठ्याउनेहरूले केही पाउनेवाला छैनन्,’ लामिछानेले भने ।